काठमाडौं । नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता र देशलाई स्वतन्त्र गराउन शहीद रत्नकुमार वान्तवाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
एमाले इलामले आज आयोजना गरेको वान्तवाको स्मृतिसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शहीद वान्तवाको राजनीतिक जीवनको चर्चा गरे ।
नेम्वाङले देशका शहीदहरुले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार भएको बताए । वर्तमान सरकार असफल भएको भन्ने हल्ला गर्नेलाई पछिल्लो समय शिलान्यास गरिएका विकासका आयोजना र निर्माण भइरहेका योजना गतिलो जवाफ भएको नेम्वाङले बताए । “दैनिक सयौं योजना शुरु भएका छन् । प्रधानमन्त्रीले एकै ठाउँबाट विभिन्न आयोजना शिलान्याश गरिरहनु भएको छ” एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता नेम्वाङले भने ।