• बैशाख १९ २०८३, शनिबार

व्यक्तिगत स्वार्थलाई संस्थाभित्र प्रयोग गर्न खोजे कारवाही हुन्छ : सञ्‍चारमन्त्री गुरुङ

चैत्र २७ २०७७, शुक्रबार

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संस्थाभित्र बसेर नीजि चलखेल गर्न खोजे कारवाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार काठमाडौंमा भएको कार्यक्रममा उनले व्यक्तिगत स्वार्थका लागि कम्पनीलाई हानी गर्ने काम स्वीकार्य नहुने बताए ।

उनले संस्थाभित्र बसेर नीजि चलखेल गर्न खोजे कारवाही गर्ने चेतावनीसमेत दिएका छन् । उनले टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न आग्रह पनि गरे ।

मन्त्री गुरुङले टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेको जानकारी दिए ।