विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ।
आज (शुक्रबार) १ बजे तय भएको बैठक प्रदेशसभाका प्रतिपक्ष दलहरूले बजेट कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै सदन अवरुद्ध पारेका हुन्।
बैठक शुरू हुनासाथ सांसदहरू उठेपछि उपसभामुख सरस्वती पोखरेलले आफ्ना कुरा राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक झलकसिंह दर्लामी मगरलाई समय दिएकी थिइन् ।
संसदमा बोल्दै मगरले चालू वर्षका आयाजनाहरू कार्यान्वयनमा सरकार उदासिन देखिएको र त्यसको कार्यान्वयनको ग्यारेन्टी गर्न माग गरेका छन्। उनले आफूहरु निर्वाचन क्षेत्रमा गइरहँदा जनताका नजरमा शिर उठाएर प्रदेश सभाका सदस्यहरु हौ भन्नै नैतिक साहस कमजोर बनेको बताए।
प्रदेशसभाको बैठक चैत ३० गते सोमबारसम्मका लागि स्थगित भएको छ।