• बैशाख १९ २०८३, शनिबार

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

चैत्र २७ २०७७, शुक्रबार

गण्डकी,गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४० जना थपिए सँगै प्रदेशमा संक्रमितहरुको संख्या १६ हजार ८६८ पुगेको छ।

कास्की जिल्लामा मात्रै १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको शुक्रबारको पहिलो विज्ञप्तिमा उल्लेख छ ।

लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा लि पोखरामा गरिएको परीक्षणबाट कास्कीको पोखरा महानगरपालिका वडा २, ८, ९, १२, १४ , १६ र १७ मा कोरोना पुष्टि भएको हो ।

त्यस्तै,निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्तिमा तीन जिल्लाका ३० जनामा संक्रमणको पुष्टि भएको उल्लेख छ ।

क्षयरोग उपचार केन्द्र , पोखरामा गरिएको परीक्षणबाट कास्कीमा २६, बाग्लुङमा ३ र म्याग्दीमा १ गरी कुल ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका र आइसोलेसनमा व्यबस्थापन गर्ने तयारी भइरहेको विज्ञप्तीमा उल्लेख छ ।