• मंसिर १३ २०८१, बिहीबार

प्राकृतिक विपत्ति आइलागेपछि मात्र राहत र उद्दारका लागि जुटने प्रवृत्ति छोड्नुपर्छ : प्रधानमन्त्री ओली

चैत्र २६ २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति आइलागेपछि मात्र राहत र उद्दारका लागि जुटने प्रवृत्ति छोड्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न विपद् जोखिम न्यूनीकण तथा व्यवस्थापन राष्ट्रिय परिषदको पाँचौ बैठकलाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले नेपाललाई अब प्राकृतिक विपद्जन्य क्षतिमुक्त देश बनाइनुपर्ने बताउदै विपत्ति आएपनि धनजनको क्षति नहुने गरी प्राकृतिक स्रोतको उपयोग र संरचना निर्माण गरिनुपर्नेमा जोड दिए । 

‘हामीले अब प्राकृतिक प्रकोपको रोकथाम र सुरक्षातर्फ जानुपर्छ नत्र ‘…पुनर्दरिद्रः पुनरेव पापी..’ भनेजस्तो विपद्को चक्र चलिहने र हामी सँधै उद्धार, राहत र पुननिर्माणका लागि जुटनुपर्ने हुन्छ’, प्रधानमन्त्रीको भनाइ थियो ।

यतिबेला डडेलो सर्वाधिक चिन्ताको विषय भएको बताउँदै प्रधानमन्त्रीले यति धेरै ठाउँमा यसरी डडेलो लाग्नु भनेको प्राकृतिक मात्र नभइ मानवीय कारण समेत रहेको जनाए । कतिपय स्थानमा केटाकेटीले खेल्ने क्रममा समेत आगो लगाउने गरेको पाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगलागी जस्तै बाढी पहिरोको प्रकोप आउने समयमा जनताबीच सचेतना अभियान लैजानुपर्ने बताए । 

‘बाढीको मौसम छ भने बाढी सम्बन्धी सचतना अभियान, आँधी हुरीसम्बन्धी समयमा त्यसै सम्बन्धी अभियान जस्ता कुरा चलाउनु जरुरी छ ।’