• मंसिर १३ २०८१, बिहीबार

प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित

चैत्र २६ २०७७, बिहीबार

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण बैठक स्थगन गरिएको हो ।

नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ती जनाएका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिए । सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभिएर नै विरोध जनाएपछि आजको बैठक स्थगन गरेका हुन्।

प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ः०० बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।