• बैशाख १९ २०८३, शनिबार

अब एकद्वार प्रणालीबाटै खाद्य पदार्थ आयात निर्यातको अनुमति

चैत्र २६ २०७७, बिहीबार

काठमाडौं । खाद्य पदार्थको आयात तथा निर्यातका लागि अब नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालन हुने भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै व्यवसायीहरुलाई आफ्ना निवेदनहरु अनलाइनमार्फत नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाटै पठाउन आग्रह गरेको हो ।

विभागको आधिकारीक वेबसाइटमा गएर नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालन सम्बन्धी युजर म्यानुअलबारे जानकारी दिन सकिने पनि विभागले जनाएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित अनुमति, इजाजतपत्र र अन्य निवेदन लिएर अब व्यवसायीहरु कार्यालयसम्म धाउनु नपर्ने विभागले जनाएको छ । विद्युतीय कारोबार नियमावली २०६४ बमोजिम विभागले त्यस्ता निवेदनहरु विद्युतीय रुपमा स्वीकार गर्ने निर्णय गरेको सूचनामा भनिएको छ ।

व्यवसायीहरुले थप साहायता लिनचाहे खाद्य वा भन्सार विभागसँग सम्पर्क गर्न सक्नेपनि सूचनामा भनिएको छ ।