• मंसिर १३ २०८१, बिहीबार

मुलुक अन्यौल र अनिश्चिततातर्फ, ताजा जनादेश मात्र अबको विकल्पः कमल थापा

चैत्र २५ २०७७, बुधबार

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक अन्यौल र अनिश्चिततातर्फ धकेलिएको बताउँदै ताजा जनादेश मात्र अबको विकल्प रहेको बताएका छन् ।
राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सत्ता र शक्तिको निमित्त भएको लुछाचुँडीले मुलुक अन्यौल र अनिश्चिततातर्फ धकेलिएको बताउदै गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने समेत बताए ।