• मंसिर १३ २०८१, बिहीबार

आज पनि बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध

चैत्र २५ २०७७, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको प्रदेशसभा बैठक आज बुधबार पनि अवरुद्ध गरेको छ । 

आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित भएनन् । यस्तै सो प्रस्तावको समर्थक समेतको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।

तर, उक्त प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरे भने माओवादीले सोही क्रममा बैठक नै अवरुद्ध बनायो । माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि बिहिवार ११ बजेको लागि तय भएको जनाइएको छ ।