• बैशाख १८ २०८३, शुक्रबार

डढेलो नियन्त्रण गर्न हेलिकोप्टर ल्याइने

चैत्र २५ २०७७, बुधबार

देशमा डढेलोले प्रकोपको  रुप लिदै गरेका बेला सरकारले फायर फाइटिङ हेलिकोप्टर नेपाल ल्याउने प्रकृया शुरु गरेको छ। वर्षौंसम्म दु:ख गरेर संरक्षण गरेको वन क्षेत्र डढेलोले विनाश गर्नुका साथै जनधनको समेत क्षती हुन थाले पछि फायरफाइटीङ हेलिकोप्टर भित्र्याउने प्रकृया अगाडी बढाएको हो। यस्तो हेलिकोप्टरले डढेलो लागेको स्थानमै पुगेरे आकाशमार्गबाट आगो निभाउछ।

नेपाली सेनालाई जिम्मा दिनेगरी हेलिकोप्टर खरिद प्रकृया अगाडी बढेको वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेले बताए। नेपालले एन फायर फाइटिङ हेलिकोप्टर ल्याउन लागेको बताउदै उनले भने, “हरेक वर्ष डढेलोले वन विनाश बढाएको हुँदा सरकारले आफैं हेलिकोप्टर किनेर नियन्त्रनको बाटोमा अग्रसर भएको हो।”

डढेलो
डढेलो

मन्त्री आलेका अनुसार फायर फाइटीङ हेलिकोप्टर खरिद गर्नका लागि वन मन्त्रालयले दुई अर्ब रुपैयाँ बजेट सरकारसँग माग गरेको छ। कुन देशबाट ल्याउदा राम्रो आउछ अनि सहज हुन्छ त्यसबारेमा बुझ्न पराराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग परामर्श भइरहेको उनले बताए। पहिले दुइवटा फायर फाइटिङ हेलिकोप्टर ल्याउने बिषयमा छलफल भएको थियो तर तत्काल दुइवटा फायर फाइटिङ हेलिकोप्टर  ल्याउन नसकिने  भएकोले एउटा हेलिकोप्टर ल्याउने लागिएको हो।

यस पटक नेपालमा देखिएको डढेलोको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसवर्ष एकैदिन झन्डै ८ सय ढढेलोका घटना रेकर्ड भएका थिए। जसअनुसार सोमबार ७९८ स्थानमा डढेलो लागेको थियो। यसअघि वि.स.२०६६ सालमा उच्च प्रकोपका रुपमा नेपालमा डढेलो देखिएको थियो

आजको गोरखापत्र दैनिकमा यो समाचार छ