• मंसिर १२ २०८१, बुधबार

सरकारलाई दोश्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन

चैत्र २४ २०७७, मंगलवार

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोनाको दोश्रो चरणको महामारी नियन्त्रणका गर्न प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले दोस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपालमा भित्रन नदिन र रोकथामका लागि योजनाबद्ध रुपमा प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति जयपुरी घर्तिले अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि निर्देशन दिइएको जनाउँदै बैठकले सहज रुपमा आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिन समेत स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

त्यस्तै कोरोना संक्रमण भएका र कोरोना संक्रमण नभएका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर प्रयोगमा ल्याउन पनि निर्देशन दिइएको उनले बताइन् ।

बैठकमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नागरिकलाई सहज रुपमा खोपको पहुचमा ल्याउनका लागि सरकारले अन्य देशसंग अनुमतिप्राप्त खोप भित्राइरहेको र यसलाई निरन्तरता दिने बताउदै कोरोनाको महामारीलाई रोक्न सिमा नाकामा स्वास्थ्य जाँचदेखि अन्य पूर्वाधारको कामका जोड दिएको धारणा राखे ।