• मंसिर ११ २०८१, मंगलवार

बिस्केट जात्रा मनाउन मागसहित सरकारलाई ध्यानाकर्षण

चैत्र २४ २०७७, मंगलवार

काठमाडौं । सेतो मेछिन्द्रनाथ व्यवस्थापन समिति ११४१ ले भक्तपुरमा मनाइने बिस्केट जात्रा र अन्य पर्व, परम्परालाई कोभिड १९ महामारी फैलिन सक्ने कारण देखाएर स्थगित गर्न सरकारी निकायहरुले जारी गरेको निर्देशनप्रति आपत्ति जनाउँदै ध्यानकर्षण गराएको छ ।

समितिले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी बिस्केट जात्रा मनाउन मागसहित सरकारलाई ध्यानकर्षण गराएको हो ।

समितिले उक्त सरकारी निर्णय फिर्ता लिई सुरक्षा र स्वास्थ्य सम्बन्धी विविध उपाय अवलम्बन गरी सांस्कृतिक जात्रा परम्परालाई निरन्तरता दिनुपर्ने माग गरेको छ । 

‘सांस्कृतिक जात्रा पर्व, पराम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरुको हुने गरेको छ र हुनुपर्छ’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।