• बैशाख १८ २०८३, शुक्रबार

कलाकारहरूको फेसबुक ह्याक,१४ वर्षीय बालक पक्राउ 

चैत्र २४ २०७७, मंगलवार

काठमाडौं । कलाकारहरूको फेसबुक ह्याक भएको छ । साइबर ब्युरोले दीपाश्री निरौला, सरोज खनाललगायतका कलाकारको फेसबुक ह्याक गरेको आरोपमा पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई पर्साबाट सोमबार पक्राउ गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि त्यही जाहेरीको आधारमा प्रहरीले ती बालकलाई पक्राउ गरेको बताए ।