धनगढी । कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा फेरि गोली हानाहान भएको छ।
भजनी नगरपालिका वडा नम्बर ३ मोरियाघाट पिल्लर नम्बर ७०७/३ नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान भएको हो। तस्करहरूले एक राउन्ड गोली चलाएपछि नेपाल प्रहरीले ३ राउन्ड गोली चलाएको छ ।
सीमा क्षेत्रमा भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएको कैलाली प्रहरीले जनाएको छ।
प्रहरी र तस्करबीच भएको गोली हानाहानमा एक जना तस्कर गोली लागेर घाइते भएका छन् । अन्य तस्करहरु भारततर्फ भागेका छन् ।