काठमाडौं । भर्खरै नेपालमा भूकम्पको धक्का महशुस भएको छ । भारतको सीमा नजिकै भूकम्प गएको हुँदा धक्का पूर्वी नेपालमा कडा महशुस भएको छ भने काठमाडौंमा पनि सामान्य महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त क्षेत्र नेपाल र सिक्किमको सिमा नजिकै पर्छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको हो ।
विराटनगर ,धरान इलाम लगायत पूर्वी नेपालका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस भएपछि स्थानीय बासिन्दा घरबाहिर निस्केका थिए ।