हाम्राे शरीरलाई चाहिने अत्यन्त महत्वपुर्ण तत्व रगत हो । रगत शरीरको हरेक रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । मानव शरीर सञ्चालनमा रगत सबैभन्दा महत्वपुर्ण हुन्छ ।
रगतको सञ्चालनले गर्दा हाम्रो जीवन चलिरहेको हुन्छ । हाम्रो शरीरमा रगत छ भन्ने हामीलाई थाहा भएतापनि यसले के गर्छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ । रगतबारे केही थाहा नभएको तथ्य :
१. मानिसको जीवनलाई रगत अनिवार्य हुन्छ ।
२. एक वयस्क मानिसको शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ ।
३. मानिसको शरीरमा, कुल वजनको ७ प्रतिशत रगत हुन्छ ।
४. रगतले शरीरमा काम नलाग्ने कार्वन डाइक्साइडलाई निष्काशित गर्दछ ।
५. रगतले शरीरलाई आवश्यक नरहेको यूरिक, ल्याक्टिक एसिड तत्व निश्कासित गर्दछ ।
६. रगतमा प्लाज्माको मात्रा ५४.३ प्रतिशत हुन्छ ।
७. रगतमा रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत हुन्छ ।
स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै असर हुदैन ।