• श्रावण १० २०८३, आईतवार

बालुवाटारमा ‘गुट भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती’ गरेको नेता खनालको आरोप

चैत्र २२ २०७७, आईतवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ओलीले दुईतिहाइ बहुमत सहन नसकेको समेत आरोप लगाएका छन् ।

आइतबार काठमाडौं जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै उनले ओलीको गुटबन्दीकै कारण पार्टी यो अवस्थामा पुगेको दाबी गर्दै ‘गुट भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती’ गरेको आरोप लगाएका हुन्।

‘ओलीले बालुवाटारमा गुटको भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती गर्न थाले, पुँजीपतिलाई केन्द्रीय सदस्य वितरण गरे,’ उनले भने, ‘नयाँ ढंगले अगाडि जान खोज्दा ओलीले आलटाल मात्र गरिरहे ।’