• बैशाख १८ २०८३, शुक्रबार

विमानस्थलको चुस्त दुरुस्त व्यवस्थापन गर्न मन्त्री ढकालको निर्देशन

चैत्र २२ २०७७, आईतवार

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमानस्थलको चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिएका छन् । 

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाइलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन् । मन्त्री ढकालले सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै कर्मचारीको कामको निगरानी राख्न पनि निर्देशन दिए ।

मन्त्री ढकालले विमानस्थल भित्रको धावन मार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन दिए ।