• बैशाख १८ २०८३, शुक्रबार

गोरखामा जीप दुर्घटना हुँदा दुई शिक्षकको मृत्यु, एउटै विद्यालयका सात शिक्षक घाइते 

चैत्र २१ २०७७, शनिबार

गोरखा । गोरखाको बारपाकमा जीप दुर्घटना हुँदा  लम्जुङका दुई शिक्षकको मृत्यु भएको छ। एउटै विद्यालयका सातजना शिक्षक घाइते भएका छन् ।

शनिबार साँझ साँढे छ बजे राङरुङको भीरबाट जीप करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी गम्भीर घाइते छन्। 

बारपाकबाट राङरुङतर्फ झर्दै गरेको ना ५ च ३२९८ नम्बरको जीप दुर्घटना हुँदा दूधपोखरी गाउँपालिका २ बिचौरको बागिश्वरी माविमा अध्यापन गराउने दुई जना शिक्षकको मृत्यु भएको र अन्य शिक्षक घाइते भएका उद्धारमा खटिएका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए। 

त्यस्तै ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनील मरहठ्ठा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी, तनहुँको व्यास नगरपालिका १ दमौलीका ३६ वर्षीय सुशील नराल घाइते भएको डीएसपी प्रकाश दाहालले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि गोरखा सदरमुकाम ल्याइएको उनले बताए।