• मंसिर १२ २०८१, बुधबार

रक्तचाप नाप्दा ध्यान दिनुपर्ने कुराहरु

चैत्र २१ २०७७, शनिबार

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।

‘सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२० ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई बुझिन्छ । 

रक्तचाप समय समयमा नापिरहनु पर्छ । रक्तचाप बढाउने विभिन्न कारणहरु हुन्छन् । तिमध्ये केहि कारणहरु यस प्रकार रहेका छन् । 

धुम्रपान सेवन 

मोटोपना 

शारीरिक गतिविधिमा कमी 

मद्यपान सेवन 

मानसिक तनाव 

नुनिलो खानेकुरा 

रक्तचाप घटाउने उपाय 

पुर्ण रुपमा धुम्रपान सेवन बन्द गर्ने 

मोटोपना कम गर्ने, बजन नियन्त्रणमा राख्ने 

प्रत्येक दिन १ देखि २ घण्टा हिड्ने

अत्याधिक मद्यपान सेवन नगर्ने 

मानसिक तनाव नलिने

नुनिलो खानेकुरा कम खाने 

रक्तचाप नाप्दा के गर्ने 

कम्तिामा ५ मिनेट बिश्राम गरेपछि मात्र रक्तचाप नाप्नु पर्छ । 

रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाईमा राख्नुपर्छ । 

हातलाई टेबुलमा राख्नुपर्छ । 

पहिलो पटक दुबै हातमा र त्यसपछि रक्तचाप बढि भएको हातमा नाप्ने गर्नुपर्छ । 

कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ । 

रक्तचाप नाप्दा के नगर्ने 

बिरामी र चिकित्सक दुवैले रक्तचाप नाप्ने बेलामा बोल्नु हुदैँन । 

रक्तचाप नाप्नु भन्दा कम्तिमा ३० मिनेट पहिला देखि खाना, चिया, सुर्ति आदि खाएको हुनु हुदैँन् । 

खुट्टा एक अर्का माथि क्रस गरेर राख्नु हुदैँन । 

कपडाको माथिबाट रक्तचाप नाप्नु हुदैँन र कपडाको बाहुला तानेर माथि ल्याउनु हुदैँन । 

हिडडुल र व्यायम गर्ने बित्तिकै रक्तचाप नाप्नु हुदैन ।