• बैशाख १८ २०८३, शुक्रबार

विप्लव नेकपाका कार्यकर्ता जनताका घरमा गहुँ काट्दै

चैत्र २१ २०७७, शनिबार

हेमन्तप्रकाश वली चैत्र २१, दाङ ।
दाङमा कृयाशील विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता यतिबेला जन श्रमदानमा व्यस्त रहेका छन् ।
दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउँपालिकामा आज जनताको गहुँ काटेर जन श्रमदान गरेको शान्तिनगर गाउँपालिका इञ्चार्ज विवेकले जानकारी दिए ।

उनले भने ‘हामी यतिबेला जनताको खेतबारीमा श्रमदान गरिरहेका छौं’ । गाउँपालिका इञ्चार्ज विवेकका अनुसार जनश्रमदानमा २ दर्जन बढी नेता र कार्यकर्ताको सहभागिता रहेको थियो ।

सरकारसित शान्ति प्रकृयामा आएको सो पार्टीका महासचिव विप्लव लगायतका नेता पनि देशभर राजनीतिक भेटघाट तथा जनतासित प्रत्यक्ष जोडिएर जनताका सेवा गर्ने भन्दै यस्तो अभियानमा कृयाशील रहेका छन् । सरकारसित भएको ३ बुँदै सहमति अनुसार सरकारले सो पार्टीका सयौं कार्यकर्ता जेलबाट अझैं छुटेका छैनन् ।