काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेपछि मात्र सुरु भएको हो ।
बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको जनाइएको छ ।
शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको थियो ।