काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।
कब्जियत : मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् ।
छाला : मनतातो पानीमा मरिच हालेर सेवन गर्नाले शरीरमा पानीको मात्रा बढछ र अनुहारको चमक बढाउँछ ।
रक्तचाप : रक्तचाप नियन्त्रणमा मनतातो पानीमा मरिचको सेवन निकै लाभदायक रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ ।
जोर्नी : यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ ।
मोटोपना : मरिच र मनतातो पानी पिउँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ ।