• बैशाख १८ २०८३, शुक्रबार

चोरी कार्यमा संलग्न ८ जना पक्राउ  

चैत्र २० २०७७, शुक्रबार

बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न रहेको अभियोगमा बढैयाताल गाउँपालिका-१ बस्ने २३ वर्षीय याम बहादुर बिसी र २२ वर्षीय कमल खड्का सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बढैयाताल गाउँपालिका-१ को वडा कार्यालयबाट चैत १४ गते ३ थान कम्प्युटरको सिपियू सहित अन्य सामग्रीहरु चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा  मंगलबार उक्त चोरी भएका सामानहरु याम बहादुरको घरबाट बरामद गरेको थियो । उक्त घटना पश्चात भागी फरार रहेका याम बहादुर र कमल समेत ८ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।