• मंसिर १३ २०८१, बिहीबार

संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक 

चैत्र २० २०७७, शुक्रबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । 

शुक्रबार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सभामुख सापकोटाले संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको जनाए । 

सभामुख सापकोटाले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताउदै संसदका राम्रा नराम्रा कामको तुलना गर्न  समाजलाई आग्रह गरे ।