• मंसिर १३ २०८१, बिहीबार

व्यवसायीले राजनीति गर्नु हुँदैन : मन्त्री भट्ट

चैत्र २० २०७७, शुक्रबार

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायीले राजनीति गर्न नहुने बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले सो कुरा बताएका हुन् ।

राष्ट्रिय पेट्रोलियम नीतिको बिषयमा २०६८ मै छलफल भएपनि सो कार्य अझै पूरा हुन नसकेको हुँदा सो सम्वन्धमा ऐनको मस्यौदा बनिरहेको      उनले  बताए । कोभिडको कारण उक्त मस्यौदामा बुदाँगत छलफल हुन नसकेको भन्दै मन्त्री भट्टले नयाँ पम्प थप गर्ने विषयमा राजनीति गर्न नहुने बताए । उनले कसैलाई पनि व्यवसाय नगर भन्न नमिल्ने भन्दै आवश्यकता अनुसार पम्प थप गर्नेमा जोड दिए ।

कार्यक्रममा आपूर्ति सचिव दिनेश भट्टराईले लोक कल्याणकारी राज्यमा बजार अर्थव्यवस्था अंगिकार गर्नुपर्ने भन्दै मन्त्रालयले आम नागरिकका हितमा कार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले पेट्रोलियम पर्दाथको विद्यमान अवस्थाको बारेमा धारणा राखेका थिए । उनले व्यवसायीको हितको लागि एसोसियनसले काम गरिरहेको बताए । शनिबार एसोसियसनको नयाँ नेतृत्व चयन हुने भएकोले मुलुकभरका व्यवसायी काठमाडौँ आएका छन् ।