काठमाडौँ। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरिएको स्रोतले जनाएको छ ।
बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।
गत फागुन २० गते मन्त्रालयले सूचना जारी गर्दै बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुको आवेदन माग गरेको थियो ।