काठमाडौं । आगामी शनिबार ललितपुरमा अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदैछ ।
मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन नेपालले आयोजना गरेको सो सौन्दर्य प्रतियोगितामा मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सहभागी हुनेछ ।
देशभरका १३ प्रतिस्पर्धीले भाग लिने सो प्रतियोगितामा ह्विल चेयर प्रयोग गर्ने र कम्मर भन्दा तल नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिन लागेका हुन् ।
ग्रीन आर्ट्स मिडियाको आयोजनामा उक्त सौन्दर्य प्रतियोगिता हुने भएको हो ।