लोकेन्द्र सेर्पाली, गोवा । रोजगारीको सिलसिलामा भारतको गोवामा मृत्यु भएका दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ जुम्लेकुला निबासी मानबहादुर वलीको अन्त्यष्टि गरिएको छ ।
बिहीबार स्वास्थ्यमा असहज महसुस भएपछि उपचारको लागि गोवा मेडिकल कलेजमा जाँदै गर्दा बाटोमै मुटु फुटेर उनको मृत्यु भएको थियो हो । वली तीन छोराहरू सहित श्रीमतीको साथामा गोवामा होटेलमा कुकिङ काम गर्दथे ।
संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जनाए अनुसार मृतकका परिवारलाई गोवामा बस्ने प्रवासी नेपालीहरुबाट ८५,००० हजार आर्थिक सहयोग रकम जम्मा भएको छ । गोवामा वर्षेनी सयौं नेपालीहरुको विभिन्न कारणले मृत्यु हुने गर्दछ ।