• मंसिर १२ २०८१, बुधबार

लुम्बिनी प्रदेशमा १५२ सक्रिय संक्रमित

चैत्र १९ २०७७, बिहीबार

दाङ, १९ चैत ।
कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेको छ । चैत्रको पहिलो सातादेखि संक्रमण दर बढ्न थालेको हो । मगंलबारमात्रै ३ हजार १ सय ४० नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको छ । हालको संक्रमणदर १८ प्रतिशतभन्दा माथि गएको छ । केही सातासम्म तीनचार प्रतिशतमा अडेको संक्रमण दर अहिले ह्वात्तै बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको मगंलबारको तथ्यांक अनुसार नेपालमा कोरोनाका संक्रमण भएका १ हजार ५ सय ९९ सक्रिय संक्रमित छन् । भारतमा दोस्रो लहर सुरु भएसँगै त्यसको असर नेपालमा पनि परेको छ । पछिल्ला दिनमा रोजगारीका लागि भारत गएका नेपाली फर्किने क्रम पनि बढ्दो छ । स्वास्थ्य मन्त्रालयको आजसम्मको तथ्याङ्क अनुसार हाल प्रदेश १ मा १ सय १८ सक्रिय सक्रमित छन् ।

ती मध्ये इलाममा ६, उदयपुर ६, ओखलढुंगा दुई, खोटाङ दुई, झापा २५, ताप्लेजुङ तीन, तेह्रथुम तीन, भोजपुर दुई, मोरङ २५, संखुवासभा चार, सुनसरी ३९ र सोलुखुम्बुमा एकजना संक्रिमत छन् । त्यस्तै प्रदेश नं २ मा ४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश २ को धनुषामा पाँच, पर्सामा १२, बारामा नौ, महोत्तरी दुई, रौतहट ६, सप्तरी चार र सिरहामा सात संक्रमित छन् । त्यस्तै बागमती प्रदेशमा ८ सय ७२ सक्रिय संक्रमित रहेका छन् । बागमती प्रदेशको काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित छन् ।

त्यहाँ ५ सय ७१, काभ्रेपलान्चोकमा १८, चितवन ७०, दोलखा चार, धादिङ सात, नुवाकोट पाँच, भक्तपुर ६२, मकवानपुर सात, रसुवा तीन, रामेछाप पाँच, ललितपुर १ सय १७, सिन्धुपाल्चोक पाँच र सिन्धुलीमा सात सक्रिय संक्रमित छन् । उता गण्डकी प्रदेशमा ३ सय १४ संक्रमित फेला परेका छन् । ती मध्ये कास्कीमा २ सय ४, गोरखामा नौ, तनँहुमा १५, नवलपरासीमा १६, पर्वतमा १०, मनाङमा दुई, मुस्ताङमा नौ, म्याग्दीमा १५, लमजुङमा ६, बाग्लुङमा १८ र स्याङ्जामा १० संक्रमित छन् ।

यता लुम्बिनी प्रदेशमा १ सय ५२ संक्रमित रहेको सामाजीक विकाश मन्त्रालयले जानकारी दिएको छ । प्रदेशको बाँके जिल्लामा सवैभन्दा धेरै ३३ जना संक्रमित रहेका छन् । त्यसैगरी अर्घाखाँचीमा चार, कपिलवस्तुमा चार, गुल्मीमा आठ, दाङमा १९, नवलपरासीमा पाँच, पाल्पामा २१, प्युठानमा सात, बर्दियामा १७, रूकुम पूर्वमा एक, रुपन्देहीमा २९ र रोल्पामा चार जना सक्रिय संक्रमित छन् । कर्णाली प्रदेशमा पनि २९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती मध्ये कालिकोटमा चार, जाजरकोटमा चार, जुम्लामा दुई, दैलेखमा एक, मुगुमा एक, रुकुम पश्चिममा तीन, सल्यानमा चार, सुर्खेतमा नौ र हुम्लामा एक छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये अछाममा तीन, कञ्चनपुरमा १२, कैलालीमा २३, डडेल्धुरामा चार, डोटीमा १२, दार्चुलामा एक, बझाङमा ६, बाजुरामा दुई र बैतडीमा ६ सक्रिय संक्रमित रहको मन्त्रालयले जनाएको छ ।