• बैशाख १८ २०८३, शुक्रबार

भारतको गोवामा एकजना नेपालीको मृत्यु

चैत्र १९ २०७७, बिहीबार

लोकेन्द्र सेर्पाली । रोजगारीको सिलसिलामा गोवामा रहेका दाङ शान्तिनगर गाउँपालिका जुम्लेकुला निबासी मानबहादुर वलीको निधन भएको छ । बुधबारदेखि स्वास्थ्यमा समस्या आएको थियो ।

उपचारको लागि गोवा मेडिकल कलेजमा जादै गर्दा बाटोमै उनीको मृत्यु भएको थियो । उनी तीन छोरा सहित श्रीमतीको साथमा गोवामा होटेलमा काममा कार्यरत थिए । उनको अन्त्यष्टी गोवामै गर्नेकि नेपाल लैजाने भन्नेबारेमा मृतकका परिवारको सल्लाह, सुझावका आधारमा निर्धारण हुने संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताए ।