गोवा । प्रगतिशील नेपाली समाज समिति भारत गोवा प्रदेश समितिको कोषाध्यक्षमा काभ्रेका किसन ओझा चयन भएका छन् । गत हप्ताको मार्च २५ मा सो संगठनको विस्तारित बैठकले उनलाई कोषाध्यक्षको जिम्मेवारी दिएको थियो ।
भद्र स्वभावका ओझा तत्कालीन नयाँ शक्ति पार्टी नेपालको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजमा सकृयरुपमा काम गरेका ओझा अहिले जनता समाजवादी पार्टी नेपालको भातृसंगठन प्रगतिशील नेपाली समाजको गोवा प्रदेश समितिको कोषाध्यक्षको जिम्मेवारीमा आएका हुन् । कोषाध्यक्षमा चयन भएपछि प्रतिकृया दिँदै उनले आगामी दिनमा अझ सशक्त ढंगले संगठन विस्तारमा लाग्ने प्रतिवद्धता जनाए ।