• मंसिर १३ २०८१, बिहीबार

चैत २३ मा बस्नेगरी प्रतिनिधि सभा बैठक सकियो

चैत्र १८ २०७७, बुधबार

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली काँग्रेसका दुई सांसदप्रति शोक प्रस्ताव पारित गर्दै अर्को बैठक २३ गते सोमबार बस्नेगरी बैठक सकिएको हो ।
बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।

सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रतिवेदन बुधबार बसेको संसद बैठकमा प्रस्तुत गर्नुभयो । त्यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्नुभयो ।

त्यस्तै सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ बैठकमा पेश गर्नुभयो । शोक प्रस्ताव पारित बैठकले नेपाली काँग्रेसका सांसद नविन्दराज जोशी र लक्ष्मीदेवी भण्डारीप्रतिको शोक प्रस्ताव पारित गरेको छ । बैठकले सांसदप्रति मौनधारण गर्दै प्रस्ताव पारित गरेको हो ।

अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।