काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४ सयले गिरावट आएको छ । मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।