-श्याम क्षेत्री
वसन्त ऋतुको मौसम आगमनसंगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो, पार्क, घर अगाडीका बगैँचाहरूमा साकुरा (पैँयु) फूलले सेताम्मे र राताम्मे फुलेको देखिन्छन् ।
साकुरा जापानको राष्ट्रिय फूल हो । नेपालको पैयुँ फूल देखेका आँखा जापानमा आएर साकुरा देखेपछि मन खुशी हुन्छ ।
साकुरा फुलेपछि त्यसको अवलोकन गर्न ठूलो भीड लाग्ने गर्दछ । जापानीका साथ त्यहाँ रहेका विदेशीहरु पनि साकुराको सौन्दर्यतामा रमाउने गर्दछन् ।