• मंसिर १३ २०८१, बिहीबार

उधारो आश्वासन मात्र पायौँ, अब ब्ल्याङ्क चेक नलिने : महन्थ ठाकुर

चैत्र १७ २०७७, मंगलवार

काठमाडौं । जसपाका नेता महन्थ ठाकुरले उधारो आश्वासन मात्र पाएको गुनासो गर्दै आफूहरुले ब्ल्याङ्क चेक नलिने बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा नेता ठाकुरले सत्ता साझेदारीका विषयमा वर्तमान सरकारसँग वार्ता भइरहेको भएपनि आफूहरुले ब्ल्याङक चेक नलिने बताएका हुन् ।

`हामीलाई सबैले सरकार बनाउन र आउन भनिरहनु भएको छ । हामीले प्रधानमन्त्रीसँग पनि कुरा गरेका छौँ । तर अहिले प्रक्रिया अघि बढेको भन्ने खबर आएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद छ । कांग्रेसका नेता र माओवादी अध्यक्ष प्रचण्डसँग पनि धेरै पटक कुरा भएपनि उधारो आश्वासन मात्र पायौँ । हामीले ब्ल्याङ्क चेक नलिने भनेका छौँ ।´ नेता ठाकुरले आफूहरुले उठाएका मुद्दामा सरकार र दलहरुले बेवास्ता गरेको बताए ।

सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताहरुबीच पटक पटक वार्ता भइसकेको छ । जसपाका नेताहरुले वर्तमान सरकारलाई विश्वासको मत दिन मधेशका माग सम्बोधन गर्नुपर्ने लगायत अडान राख्दै आएका छन् ।