ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण देखिएको छ । स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ गोटा हाँस, ८५४ गोटा लोकल कुखुरा र १५४ गोटा बट्टाई नष्ट गरिएको छ ।
यस्तै ९४४ गोटा कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको पनि मन्त्रालयले जनाएको छ।