काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै प्रदेशमा आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको छ । सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरूलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन दिएको हो।
भारतीय सीमा क्षेत्रमा कोरोना पोजेटिभ भएकाहरू सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरूलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो ।
सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरूको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रूपमा राख्न सोमबार सूचना जारी गरेको छ ।