• मंसिर १३ २०८१, बिहीबार

ओलीले गरेको कारवाहीबाट उल्टो परिणाम निस्किन्छ : योगेश भट्टराई 

चैत्र १६ २०७७, सोमबार

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका नेताद्वय माधवकुमार नेपाल र भिम रावललाई अध्यक्ष केपी ओलीले गरेको कारवाहीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले यो कारवाहीबाट उल्टो परिणाम निस्कने चेतावनी दिएका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई अनुशासनको कारवाही गर्दै ६ महिनाको लागि निलम्बन गरेका थिए ।