• श्रावण १० २०८३, आईतवार

ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकिदैन : मिनेन्द्र रिजाल

चैत्र १४ २०७७, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रिजालले बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको छलफलमा बोल्दै वर्तमान प्रधानमन्त्री ओलीमाथि आफूहरुको शुरुदेखि नै विश्वास नगरेको जनाउँदै भोलिका दिन पनि प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने प्रष्ट पारे ।