काठमाडौं/ राजधानी काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरमा राखेको हो । प्रदूषित शहको तालिकाको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ ।
काठमाडौंमा प्रदुषण बढ्दा हवाइ उडानमा समेत असर परेको छ । त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्ह उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापन छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ ।
वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् ।
विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन पनि आग्रह गरेका छन् ।
हेरौं थप तस्बिरहरु