• बैशाख १८ २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना सङ्क्रमण

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं, देशभर थप १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको कोरोना परीक्षण गरिएकोमा थप १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार २ सय ९९ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।