• असार ४ २०८२, बुधबार

नेपालको राजनीतिक अवस्थाले दुःखी बनाएको प्रवाशी नेपालीको गुनासो

चैत्र १३ २०७७, शुक्रबार

लोकेन्द्र सेर्पाली, गोवा । प्रगतिशील नेपाली समाज समिति भारत गोवा प्रदेशको विस्तारित बैठकले नयाँ कार्यसमिति चयन गरेको छ । धनबहादुर श्रीपालीको नेतृत्वमा चयन भएको समितिमा ३१ जना सदस्य रहेका छन् । संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीको प्रमुख अतिथि र संगठनका केन्द्रीय महासचिव लोकेन्द्र सेर्पालीको विषेश उपस्थितिमा नेतृत्व चयन गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यसमितिको जिम्मेवारीमा रहेकाहरुको नामावली यसप्रकार रहेका छन् । अध्यक्षमा धनबहादुर सेर्पाली, उपाध्यक्षमा रमेश खड्का, हेमराज बिसी, चित्रा सारुमगर, सचिवमा अर्जुन कार्की सहसचिवमा रविना चन्द, चन्द्र सेर्पाली, कोषाध्यक्षमा किसन ओझा रहेका । त्यसैगरी संगठनको प्रवक्तामा डुक्खु चौधरीलाई चयन गरिएको छ । त्यस्तै संगठनका अन्य सदस्यहरुमा मनोज थापा, वीरु वली, डम्बर खत्री, झरन परियार, रुपा थापामगर, दुर्गा भट्ट, सन्जु सेर्पाली, सुरेस सेर्पाली, अशोक नेपाली, रवि सेर्पाली, भिम वि.सी, प्रेम चौधरी, ओपेन्द्र शाही, जङ्गम दर्लामीमगर, केशवराज वली, उदयप्रसाद देवकोटा, मिनाकुमारी लाखे, विजय शाही, मिलन मगर रहेका छन् ।

साथै सल्लाहकार परिषदको अध्यक्षको जिम्मेवारीमा उदय सेर्पाली रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रकाश नेपालीले देशमा भैरहेको कांग्रेस कम्युनिस्ट पार्टीहरुका राजनीतिक गतिविधिले प्रवासमा बस्ने नेपालीलाई दुःखी बनाएको धारणा राखे । उनले अहिलेको संघीयता र समावेशी लोकतान्त्र धराशायी पार्ने खेलमा वर्तमान ओली सरकार नै लागिरहेको उनको आरोप रहेको छ । नेपालीले हालको उपलब्धीको रक्षाका लागि सम्पूर्ण प्रवासी नेपालीहरु पनि एक भएर लाग्नुपर्ने धारणा राखे । विषेश अतिथि भारतीय जलसेनाका सेवानिवृत्त अफिसर प्रेस क्लब गोवाका अध्यक्ष आनन्त जोशीले विगत देखि आफ्नो नेपाल र नेपालीप्रति सहानुभूति रहेको बताए ।

त्यस्तै सो संगठनका केन्द्रीय सचिवालय सदस्य तथा गोवा प्रदेश इञ्चार्ज दिवाकर शर्माले प्रवासमा भैपरि आउने चुनौतीपूर्ण अवस्थामा सबै नेपाली दाजुभाई एकाआकार भएर लाग्नुपर्ने बताए । अर्का वक्ता संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापापुनले नन्दकला बचाउ अभियानमा गोवामा रहेका सबै नेपाली दाजुभाईले सक्दो सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा संगठनका महासचिव लोकेन्द्र सेर्पालीले नव निर्वाचित नयाँ कार्य समितिलाई शुभकामना तथा बधाई दिए । बैठकको संचालन गोवा प्रदेशका सहइञ्चार्ज हुमाकान्त आचार्यले गरेका थिए भने स्वागत मन्तव्य सचिव अर्जुन कार्कीले गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सचिव जनक आउजी, प्रेम सेर्पाली, सह इञ्चार्ज हिरा तिवारी केन्द्रीय सल्लाहकार रमेश खड्का, गोवा बस सञ्चालन समितिका सदस्य वसन्त चौहान र झरण परियार दिए । प्रतिबद्धता जाहेर गर्दै संगठनका गोवा प्रदेश अध्यक्ष धनबहादुर सेर्पालीले प्रदेशमा भईपरि आउने कुनै पनि समस्याहरुलाई समाधान गर्न आफ्नो संगठन लागिपर्ने तर त्यसका लागि हामी बिचमा एकता हुन जरुरी भएको बताए । उनले नन्दकला बचाउ अभियानमा आफ्नो नेतृत्वको संगठन लागि पर्ने प्रतिबद्धता जाहेर पनि गरे ।