जनकपुरधाम । ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते रातिदेखि ओछ्यानसहित बेपत्ता भएका थिए ।
पिपरा–२ स्थित अत्तरा जाने बाटो छेउमा खाल्डोमा गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
‘ठूलै खाल्डो खनेर शव पुरेको रहेछ’ उनले भने, ‘झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको हो ।’
होलीका लागि घर पोत्न माटो लिन एका स्थानीयबासीले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।