• बैशाख १८ २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना सङ्क्रमण

चैत्र १२ २०७७, बिहीबार

काठमाडौं, देशभर थप १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ हजार ८९१ जनाको कोरोना परीक्षण गरिएकोमा थप १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार २ सय १७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८५ जना निको भएर घर फर्किएका छन् ।योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७२ हजार २७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।