• बैशाख १८ २०८३, शुक्रबार

जिल्लामा शान्ति सुरक्षा कायम गर्न स्थानीय जनप्रतिनिधिसंग अन्तरक्रिया

चैत्र ११ २०७७, बुधबार

कपिलवस्तु । होलि पर्वमा कुनै किसिमको अमार्यादित क्रियाकलापहरु नहोस् भन्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्थानीय जनप्रतिनिधिसंग  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १० वटै पालिकाका प्रमुख र वडाध्यक्षहरको सहभागिता रहेको थियो । जिल्लामा शान्ति सुुुरक्षा कायम गर्न, अपराधहरु नियन्त्रण गर्न, कुनै पनि पर्वहरुमा सर्व साधारणलाई अफ्ठ्यारो नपर्ने गरि काम गर्ने र शान्ति सुुुरक्षामा खलबल हुन नदिनको लागि कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

होलिको अवसरमा मोटरसाईकलमा हेलमेट नलगाई हिड्ने, सवारी साधनहरु तिब्र गतिमा चलाउने, लोला हन्ने जस्ता अमर्यादित क्रियाकलापहरु हुन नदिन स्थानीय  जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए ।

होलि पर्व उदण्ड तरिकाले अपरिचित व्यक्तिसंग होलि नमनाउन, अन्जान व्यक्तिलाई लोना नहन्न र अपराध जन्य गतिविधिमा संलग्न नहुने गरी होली पर्व मनाउनु पर्ने प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । साथै होलि पर्वमा युवा जामतहरु हेलमेट नलगाउने, पुरा रंग दल्ने र मोटरसाइकलमा अन्धाधुन्ध हिन्नेले गर्दा विगतका वर्षहरुमा घटनाहरुबाट धेरै व्यक्तिले ज्यान गुमाउनु परेको उनले बताए ।अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेको प्रत्येक प्रहरी युनिटका प्रमुखहरुको सहभागिता रहेको थियो ।