काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिने प्रष्ट पार्दै अबको ४ दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण हुने बताएका हुन् ।
‘अब चार दिनपछि हामी काठमाडौँमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गर्छौं र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’
ओलीले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गर्दै मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।