काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी चैत २० गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो ।
कांग्रेसको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाउने निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा महाधिवेशनकै विषयमा कुराकानी हुने बताइएको छ ।