• मंसिर १२ २०८१, बुधबार

पेन किलर अर्थात नदुख्ने औषधिको प्रयोग किन नगर्ने ?

चैत्र ११ २०७७, बुधबार

काठमाडौं ।  दुखाई कम गर्नको लागी प्रयोग गरिने औषधिलाई पेन किलर भनिन्छ । गैर विरोधी भड़काउने औषधि भनिन्छ । गैर विरोधी भड़काउने औषधिको प्रशस्त प्रयोग गरेको पाइन्छ । यसले दुखाई कम गर्छ । तर विभिन्न प्रकारका स्वास्थ्य समस्या पनि उत्पन्न गर्छ । मिर्गौला, कलेजो, मुटु, उच्च रक्तचाप र पेटका रोगीहरुले नदुख्ने औषधिहरु सकेसम्म प्रयोग गर्न हुदैँन ।

यस्ता औषधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र खानुपर्छ । लामो समयसम्म नदुख्ने औषधिको प्रयोग गर्नेहरुले मिर्गौला, कलेजो, मुटु, आदिको परिक्षण गरेर औषधिको असर भए नभएको पत्ता लगाउनुपर्छ ।

एकवटा मात्र नदुख्ने औषधिको प्रयोग हानिकारक हुनसक्छ । नदुख्ने औषधिहरुमध्ये पारासिटामोल सबैभन्दा सुरक्षित मानिन्छ । तर यो औषधि पनि कलेजो रोगीहरुका लागी हानिकारक हुनसक्छ ।

मुटुरोगी र बिशेष गरेर एन्जिओप्लास्टी गरेका बिरामीले एउटा पनि नदुख्ने औषधि खानु हुदैँन । खानु परेमा मुटु रोग बिशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलाका बिरामीले पनि नदुख्ने औषधिको प्रयोग गर्नु हुदैँन । यस्तो औषधि खानुपरेमा मिर्गौला रोग बिशेषज्ञसँग परामर्श लिनुपर्छ ।