• मंसिर १२ २०८१, बुधबार

अण्डा कति खाने ?

चैत्र १० २०७७, मंगलवार

काठमाडौं  ।  अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि प्राय स्थानमा कुखुराको अण्डा नै लोकप्रिय छ । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचिपूर्वक खाने गरेका छन् । वन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ । यी विभिन्न प्रकारका पन्क्षिको अण्डामा केही फरक विशेषता हुने भए पनि सामान्यत सबैमा एकै प्रकारको गुण पाउन सकिन्छ ।

अण्डा कति खाने ?

पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।

अण्डा प्रोटिनको राम्रो स्रोत हो । हामीले खाने अन्य खानेकुराबाट पनि शरीरले आवश्यक मात्रामा प्रोटिन पाइरहेको हुन्छ ।